Flash News:
   भारतीय कम्पनीको औषधि खाएर ६६ जना बालबालिकाको मृत्यु
   सन्दिप लामिछाने गौशाला प्रहरी बृतमा
   थाइल्यान्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु एजेन्सी
   फ्लोरिडामा एफबीआईले लोकेट गरेपछि आत्मसमर्पण गर्न नेपाल आए सन्दीप
   सशस्त्र प्रहरीका असई भारतमा मृत फेला
तुला

खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ने समय छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

...
बृष

समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारी काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ ।

...
मिथुन

अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।

...
कर्कट

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।

...
सिंह

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । सेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृढ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्य धन सङ्ग्रह गर्न सकिनेछ ।

...
कन्या

बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी तथा मायाप्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग छ ।

...
बृश्चिक

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। नियमलाई सुरुमा बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

...
धनु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।

...
मकर

पति पत्नीका साथ रमाइलो गर्दै दिन व्यातित गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग छ । पढाइ लेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

...
कुम्भ

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।

...
मिन

न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

...